मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मलाही टोलमा वडा कार्यालयको भवन बन्ने

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

रौतहट । रौतहटको गरुडा नगरपालिका–३, मलाही टोलमा वडा कार्यालयको भवन बन्ने भएको छ । पुरानो भवन जीर्ण भई प्रयोगविहीन बनेपछि नगरस्तरीय बजेट रु. २५ लाखको लागतमा नयाँ चार कोठे भवन बन्ने लागेको  हो । उक्त भवनको निर्माणका लागि शुक्रवार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले शिलान्यास गरेका छन ।

नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले वडा कार्यालयको आफ्नो भवन निर्माणमा जोड दिएको उनले बताए । भाडाको घरमा रहेको वडालाई आफ्नो भवनमा सार्ने योजना अनुसार बजेट बिनियोजन गरिएको उनको भनाइ छ । उनका अनुसार गरुडा नगरपालिकाको कार्यालय पनि भाडाको घरवाट संचालन हुदै आएको बताउदै आफ्नो भवन बन्दै गरेको र अब छिटै सरिने छ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अम्बिका सहनीले  पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माणमा जोड दिएको बताए ।वडा कार्यालयको भवन  बनाउनका लागि स्थानीय  पारस सहनी १ कठ्ठा १३ धुर जग्गा निःशुल्क दान गरेका हुन ।गरुडा नगरपालिकाका अनुसार भवनसम्म पुग्नका लागि १५ फिट चौडाई र २५० मिटर लम्बाइ भएको बाटोको व्यवस्थासमेत गरिएको छ।यस नयाँ भवन निर्माणले नगरवासीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास पालिकाले  लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार