नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–११ लोकाहामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस बिहान करिब ६:४० बजे चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका सबै यात्रुको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको र उनीहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।