मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12673+ समाचार ( )
३० कार्तिक २०८३, आइतबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ बनाउँदै समृद्धिको साझा लक्ष्यमा अघि बढ्न सबैलाई आग्रह गरेका छन । छठ पर्व-२०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीको समाधान आपसी संवाद, सहकार्य र साझा समझदारीबाटै सम्भव हुने बताएका हुन ।

मुख्यमन्त्री आचार्यले छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाजमा समानता, सद्भाव, सहिष्णुता र एकताको भावना विकास गर्न प्रेरित गर्ने उल्लेख गरे । सूर्यले कुनै भेदभाव नगरी सबै प्राणीलाई समान रूपमा प्रकाश, ताप र ऊर्जा प्रदान गरेझैँ समाजमा पनि समानता र सहकार्यको भावना विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनले छठ पर्वलाई प्रकृति र सूर्यप्रति श्रद्धा, आस्था तथा कृतज्ञता प्रकट गर्ने विशिष्ट सांस्कृतिक एवं धार्मिक पर्वका रूपमा व्याख्या गरे । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्ने परम्पराले प्रकृति संरक्षण, अनुशासन, निष्ठा, त्याग र समर्पणको महत्व उजागर गर्ने उनले बताए ।

परम्परागत रूपमा तराई र मधेश क्षेत्रमा विशेष उत्साहका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै जानुले नेपाली समाजको धार्मिक तथा सांस्कृतिक विविधता र सहअस्तित्वलाई थप मजबुत बनाएको मुख्यमन्त्री आचार्यको भनाइ छ । उनले पर्वका माध्यमबाट सामाजिक विभेद, कुरीति र विकृति अन्त्य गर्दै न्यायपूर्ण तथा समतामूलक समाज निर्माणमा सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति, भाषा, परम्परा र सम्पदाको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको पनि उल्लेख गरे । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को संकल्प पूरा गर्न सामाजिक सद्भाव, सांस्कृतिक एकता र समावेशी विकासलाई सँगसँगै अघि बढाउने प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए । 

छठ पर्वले सबैमा सकारात्मक सोच, पारिवारिक सुख, शान्ति र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस् भन्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार