मुख्य समाचार
छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने |

रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने

रासस 720+ समाचार ( )
२९ कार्तिक २०८३, शनिबार

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच  कुनै विवाद नरहेको स्पष्ट पार्नुभएको छ ।जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताउनुभयो । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उहाँको भनाइ थियो ।

सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा अनावश्यक हल्ला हुने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गर्नुभयो । सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उहाँले बताउनुभयो ।सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै मधेशका जनताले त्यसको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने बताउनुभयो ।

जनतालाई झुक्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताउनुभयो । रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उहाँले टिकट दिलाइदिने प्रलोभनमा रकम माग्ने व्यक्तिबाट सचेत रहन आग्रह गर्नुभयो । “उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम रकम मागिएको सुनिएको छ । म आज यही मञ्चबाट घोषणा गर्दछु कि त्यस्ता सबै अग्रिम रकम डुबे”, उहाँले भन्नुभयो ।

टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै उहाँले पार्टीको विधि र विधानविपरीत आर्थिक लेनदेन गर्नेबारे सूचना दिनेलाई विशेष सम्मान गरिने बताउनुभयो । “मधेशले मालिक खोजेको होइन, सेवक खोजेको हो। हामीले फेर्नुपर्ने हाम्रा सांसदको जीवनशैली होइन, मतदाताको जीवन फेर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार