चोरीमा संलग्न भएको आरोपमा पाँचजना पक्राउ

Ujyalosandeshonline 12433+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीका विभिन्न स्थानबाट चोरी भएको घटनामा संलग्न आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–२, पकडी बस्ने २५ वर्षीया रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका–५ बस्ने २८ वर्षीया प्रदीप कान्दु, भारतको महाराजगंज जिल्ला बस्ने १८ वर्षीया शैलेश दुसाद, सोही ठाउँका २३ वर्षीया पंकज सिंह र भारतको महराजगंजस्थित नौतनवा बस्ने ३३ वर्षीया राहुल कुमार जैसवाल छन् । 

पक्राउ परेका उनीहरुका साथबाट सुन जस्तो देखिने पहेलो धातुको डल्ला १४.१ तोला, चाँदी जस्तो देखिने धातुबाट बनेको खुट्टामा लगाउने पाउजु ४ थान (११ तोला ५३ लाल), भारतीय रुपैयाँ २४ हजार ३९० बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, नेपाली रुपैयाँ ३ हजार ५ सय र बिभिन्न कम्पनीका ४ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुबारे सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाने क्रममा चोरी कार्यमा संलग्न रहेको पाइएको दावी प्रहरीको छ । उनीहरु पाँचै जना लाई जिल्ला अदालत रुपन्देहीबाट चोरी कसूर शीर्षकमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार