मुख्य समाचार
गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने | आस्था र एकताको पर्व छठ आजदेखि सुरु, मिथिलाका गाउँबस्ती छठमय | देउसीभैलोको नाममा 'अश्लील नृत्य' : भैरहवाबाट सल्यान, दाङ र गुल्मीका ३ युवती पक्राउ |

गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

Ujyalosandeshonline 12670+ समाचार ( )
२९ कार्तिक २०८३, शनिबार

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित एक होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा सञ्चालक सहित ३७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कुमार लामाले सञ्चालन गरेको ‘कुशुम छ्याम्बा हाउस एन्ड होमस्टे’ मा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको हो । सो क्रममा कौडा खेलिरहेका उनीहरूको साथबाट रु पाँच लाख ७८ हजार ५५५ नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय गागलफेदीका छिरिङ लामा, स्याङतान तामाङ, राम तामाङ, रमेश लामा, सुजित लामा, साजन तामाङ, गोपाल लामा, विमल तामाङ, पासाङ तामाङ, रबिन लामा, अनिष लामा, बिर्तामान लामा, युनिक तामाङ, जय सिंह लामा, निश्चल तामाङ, सन्चमान लामा, महेश तामाङ, विजय लामा, कुमार लामा, सुरेश लामा, सौरव मोक्तान, सागर लामा, सुरेन्द्र लामा, विवेक लामा, दुर्गा लामा, ज्ञानबहादुर लामा, सुकदेव लामा, रामकृष्ण तामाङ र कुमार तामाङ रहेका छन् । 

यस्तै, भक्तपुरका दिनेश तामाङ, नवलपरासीका होमबहादुर महतो, काठमाडौँका सूर्य तामाङ, अमरबहादुर घलान, राम लामा, आइमान घलान र काभ्रेका वीरबहादुर लामासमेत पक्राउ परेको परिसरले जनाएको छ । पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार