मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्घाटन

Ujyalosandeshonline 12448+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

कैलाली । गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको उद्घाटन गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच उनले उद्घाटनको साथै उक्त नवनिर्मित भवनहरूको अवलोकन र कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । 

उनले नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै नवर्निमित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । 

उनले शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको कामकारवाही जनमुखी, पारदर्शी, पक्षपात रहित र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै समयसापेक्ष परिवर्तित समाजको गति र आम नागरिकको चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी र सेवामुखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको बताए । 

यस्तै, उनले नवनिर्मित भवनले प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ र सहज कार्यमैत्री वातावरण निर्माण हुने अपेक्षा रहेको बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भौतिक संरचनाबाट प्रवाहित सेवा थप गुणस्तरीय, नागरिकमैत्री एवम् प्रभावकारी हुनुपर्ने बताए । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भिम बहादुर भण्डारी, विपद व्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोख्रेल, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डा. हरी प्रसाद लम्साल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड ४० लाख ८ हजार २ सय ३२ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । 

नेपाल प्रहरी कल्याण कोषको कुल ५ करोड ८७ लाख ७८ हजार ४ सय ४५ रूपैयाँ लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार