नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताबाट भन्सार छली गरी ल्याइएको अन्दाजी चार लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको अवैध चराको प्वाखसहित एक थान मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुस्ता गाउँपालिका–२ महलबारीबाट रतनगंजतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँचका क्रममा बिलबिनाको ३३ किलोग्राम अवैध प्वाख बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न चालक २० वर्षीय रोहित धोबी र बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए।
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा
३० कार्तिक २०८३, आइतबार