मुख्य समाचार
चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन | ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाखभन्दा बढीको बजेट प्रस्तुत | विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस | जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण | बाजुराको त्रिवेणीमा डीएसपी बोहराको उपस्थितिमा नागरिक सुनुवाई, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड | रास्वपालाई थप समावेशी बनाइँदै | हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी | मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी | याकचाैँरी | जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह |

विद्यालयमा भर्ना अभियान र पठनपाठन दुबै सँगसँगै

Ujyalosandeshonline 11597+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

रौतहट । रौतहटमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाईसँगै अघि बढाएका छन् । नेपाल शिक्षक महासंघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म भएको २९ दिने शैक्षिक हडतालका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएको थियो । शैक्षिक हडताललाई मध्यनजर गर्दै विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाई सँगसँगै अघि बढाएको श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले बताए । 

उनका अनुसार सार्वजनिक बिदाको दिन पनि विद्यार्थी भर्ना अभियान र पठनपाठनलाई निरन्तरता दिइएको छ । मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा दिएको सार्वजनिक बिदाका दिन पनि पठनपाठन गरेको उनको भनाइ छ । नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित हुन नदिन घरदैलो कार्यक्रम, पाठयपुस्तक बितरण लगायतका कार्य हुदै आएको सामुदायिक विद्यालयका शिक्षकहरु बताउँछन । 

शिक्षक, कर्मचारी, जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थी आफै पनि भर्ना अभियानबारे जानकारी दिन विभिन्न बस्तीमा पुगिरहेका छन् । विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गरिएको श्री जगदम्बा आधारभूत विद्यालय जेठरहिया सुकदेव चोकले बताए । 

चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलका अनुसार यहाँका अधिकांश सामुदायिक विद्यालयमा अग्रेजी माद्य्यमा पठन पाठनसँगै दिवा खाजा र छात्रबृति जस्ता कार्यक्रमले विद्यालय भर्ना अभियान प्रभावकारी हुँदै आएको छ । विद्यालय भर्ना अभियान ढिलो भएपनि यहाँ सामुदायिक विद्यालयले दिएको निरन्तरताको उनले प्रशसा गरे । रौतहटमा १८ वटै पालिकाका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाई अघि बढाएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार