मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एटिएमबाट पैसा निकाल्न टर्च लाईटको सहारा

Ujyalosandeshonline 11540+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

मर्चवार । रूपन्देहीको मर्चवारमा रहेको एनआईसी एशिया बैंक मझगावा शाखामा ग्राहकहरुले एटिएम मेशीनबाट रकम निकाल्न टर्चको सहारा लिनु परिरहेको छ । “बैंक पनि साथी पनि” को नारा बोकेको एनआईसी एशिया बैंकले मर्चवारमा पटक पटक लापारवाही गर्दै आएको जनगुनासो आउने गरेको छ । सोही लापारवाहीको एउटा नमूना बिहिबार राती देखियो । 

बैंकको मझगावामा रहेको शाखामा ग्राहकहरु रकम निकाल्न जादा त्यहा पुरै अन्धकार थियो । बैंकको मूख्य बोर्ड नै निभेको थियो । एटिएम मेशीन राखेको कोठा पनि पुरै अध्याँरो थियो । एटिएमको मोनिटर मात्रै उज्यालो देखिएको थियो भने पिनकोड थिच्ने किबोर्ड, साईड बटमहरु केही देखिएको थिएन । यस्तो अवश्थामा मोबाईलको टर्च बालेर पैसा निकाल्ने गरेको एक ग्राहकले बताए । “यो एक पटकको कुरा हैन, बैंकमा पटक पटक यस्तो हुदै आएको छ ।” नाम उल्लेख नगर्ने शर्तमा उनले भने “बैंकलाई यो विषयमा गुनासो ग¥यो त्यसको कुनै सुनुवाई नै हुदैन ।”

उनले २४ सै घण्टा खोल्नुपर्ने एटिएम मेशीन ८–९ बजे राती नै बन्द हुने गरेको बताए । यसले पनि मर्चवारका बासिन्दालाई सास्ती भोग्नु परेको उनले बताए । “यो सानो गल्ती हैन, बैंक परिसर र एटिएम मेशीन पुरै अध्यारो छ ।” उनले भने “भोली चोरी अथवा अन्य कुनै घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ?”

एनआईसी एशिया बैंकका मझगावा शाखाका व्यवस्थापक गणेश अधिकारीले भने यो कुनै ठूलो घटना नभएको बताए । उनले यो मर्चवारको सामन्य समस्याको रुपमा रहेको दावी गरे । “यो ठूलो ईस्यु नै हैन, बल्ब फ्युज भएको हुन सक्छ हामीले त्यसलाई समाधान गछौं ।” अधिकारीले भने “मर्चवारमा बिद्युतको अवश्थाबारे सबैलाई थाहा नै छ ।”

अधिकारीले सुरक्षाका कारण एटिएम मेशीन २४ सै घण्टा सञ्चालनमा ल्याउन नसकेको बताउदै एक निश्चित समयमा यसलाई बन्द गर्नुपर्ने बाध्यता रहेको जनाए  ।

भिडियो  हेर्न यहा क्लिक गरौ 

https://www.facebook.com/share/v/16Np5LTeax/

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार