रोहिणी । रुपन्देहीको रोहिणी–३, धकधईस्थित त्रिदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षता एवं सल्लाहकार राम केवल प्रसाद बिन्दको प्रमुख आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाकी सदस्य माया कुमारी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव बिरेन्द्र कुमार गौंडले गर्नुभएको थियो। साधारणसभाको अवसरमा कोषाध्यक्ष उस्मान अलि फकिरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा संस्थाको थप शेयर पुँजी ३७ हजार आठ सय, कुल आम्दानी २६ लाख १४ हजार चार सय ४४ रुपैयाँ नौ पैसा, कुल खर्च १४ लाख ४५ हजार तीन सय ८२ रुपैयाँ छ्यानब्बे पैसा र खुद मुनाफा ११ लाख ६९ हजार ६१ रुपैयाँ १३ पैसा रहेको छ।
सोही अवधिमा संस्थाको कुल कारोबार दुई करोड ३८ लाख ९१ हजार सात सय ४७ रुपैयाँ ५१ पैसा पुगेको जानकारी गराइएको छ।साधारणसभाको अवसरमा संस्थाका उत्कृष्ट बचतकर्ताका साथै सदस्यहरूका एस.ई.ई., एस.एल.सी. र स्नातक तह उत्तीर्ण गरेका छोराछोरीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाको सञ्चालनलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।