मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

प्रहरीको मिलोमतोमा परासीमा तस्करी बढ्यो, २८ लाखको लसुन बरामद

Ujyalosandeshonline 11564+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

परासी । पश्चिम नवलपरासीमा ह्वात्तै तस्करी बढेको अवस्थामा राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले सीमावर्ती क्षेत्रको एक गोदामबाट ठूला परिमाणमा चिनियाँ लसुन बरामद गरेको छ । राजस्वले जिल्लाको बसैया नाका क्षेत्रबाट स्थानीय अजय हरिजनको गोदाममा छापा मारेर ठूलो परिमाणमा चिनियाँ लसुन बरामद गरेको हो ।  

भारतमा लसुन महंगो भएकोले तस्करहरुले सीमावर्ती क्षेत्रमा लसुन भण्डारण गरी भारततर्फ तस्करी गर्दै आएका छन् । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन देखिएका छन् । स्थानीयका अनुसार प्रहरीको मिलोमतोमा नवलपरासीको धर्मपुर, भुजहावा, बसैया, तोनवा, अमानीगंज, गोपालपुर, मुडेरा लगायतनाकाबाट लसुन, कपडा, चिनी, हार्डवेयर लगायत विभिन्न साम्रगीहरु तस्करी हुदैँ आएको छ । 

राजस्व अनुसन्धान कार्यालयका शाखा अधिकृत मनोज सइनीले विशेष सूचनाका आधारमा गोदाममा छापा मारेर २८ लाख मूल्यबराबरको एघार हजार एक सय किलो लसुन बरामद भएको बताए ।

उनका अनुसार बिल बिजक नभएको अवस्थामा बरामद लसुन २० किलोका ५१० बोरा र ३० किलोका ३१ बोरा रहेको छ । ‘हामीले बरामद सामग्रीको बिल बिजक मागेपछि अडिटरले लगेकोले पछि उपलब्ध गराउन भनेका छन्’, उनले भने, ‘बिहिवारभित्र आवश्यक कागजपत्र लिएर कार्यालयमा आउन भनेका छौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार