मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् । 

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरे । 

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्धा उठाउन आग्रह गरिन् ।  महिलाको उद्यमशिलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । 

अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशिलता विकासमा डा.  शाक्यको भूमिकाको प्रशंसा गरिन् । चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए । महिला चेम्बर मार्फत महिला उद्यमशिलता एवं शसक्ती करणका लागि चेम्बरले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार