मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पाल्पाको माथागढीमा दुग्ध डेरी सञ्चालन, स्थानीय किसान हर्षित

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-२, खहरे बजारमा दुग्ध डेरी सञ्चालनमा आएको छ। माडी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रुप्से दद्रामा किसानबाट दूध संकलन गरी बाहिर पठाउँदै आएकोमा अब स्थानीय बजारमै दूध, दही तथा अन्य दुग्धजन्य परिकारको बिक्री वितरण सुरु गरेको हो ।

डेरी पसलको उद्घाटन गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले गाउँपालिकाले कृषि र पशुपालनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन स्वरूप अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो । अध्यक्ष चिदीले गत वर्ष "दुग्ध सुधार कार्यक्रम" शीर्षकमा बजेट छुट्याइए पनि कुनै व्यक्ति वा संस्थाबाट निवेदन नपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेय, माथागढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष राजकुमार पन्थी, वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा र वडा नम्बर ३ का अध्यक्ष तेज घर्ती मगरले मन्तव्य राख्दै डेरीको सफलता र निरन्तरताको शुभकामना दिनुभयो । 

माडी कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तुलसीराम भुषालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष शुष्मा भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कृष्ण भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । स्थानीय स्तरमा डेरी सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको दूधले बजार पाउने र उपभोक्ताले पनि ताजा दुग्धजन्य पदार्थ उपभोग गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार