मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार : ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Ujyalosandeshonline 12676+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा.नम्बर ६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माण मा भ्रष्टाचार र अनियमिता भएको ठहर गर्दै स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको आरोपमा सम्बन्धित जिम्मेवार व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो ।

यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीको मिलेमतोमा भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ । प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको खुलेको हो ।

आव ०७५÷७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ व्यहोर्ने गरी कन्टेन्जेन्सी सहित २६ लाख १५ हजार २०६ रुपैयाँमा ०७६ जेठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । लागत अनुमानमा उल्लेखित दर रेटमा नै झुटा बिल भर्पाइका आधारमा पूरै भुक्तानी लिएको अख्तियारले जनाएको छ।

लागत अनुमानबमोजिम आल्मुनियमको झ्याल ढोकाको फ्रेम र सटर सहित हुनुपर्नेमा लोकल काठको चौकोस मात्र जडान गरेको पाईएको हो । उनीहरूविरुद्ध जनही १५ लाख आठ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरिएको छ ।

गैरकानुनी लाभ लिने उद्देश्यले झुट्टा विवरण पेस गरी भुक्तानी लिएको र  सार्वजनिक संरचनालाई प्रयोगविहीन बनाइ गम्भीर भ्रष्टाचारको काम गरेको हुँदा कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार