मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर : एम्नेस्टी इन्टरनेसनल

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ असार २०८१, बिहीबार

काठमाडौं । मानवअधिाकारको संरक्षण र प्रर्वद्धनका लागि विश्वव्यापी रुपमा कार्य गर्दै आएको एम्नेस्टी इन्टरनेसनलले हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर्ने बाचा पूरा गर्न  नेपाल सरकारलाई आग्रह गरेको छ । 

यातनाविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (यातनाविरुद्धको महासन्धि) को पक्षराष्ट्र बनेको तीन दशक बितिसक्दा पनि नेपालले यातना र अन्य दुर्व्यवहारलाई निर्मूल पार्ने आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको भन्दै एम्नेस्टीले यातनाको अपराधमा दण्डहीनता जारी रहेको बताएको छ । 

एम्नेस्टी इन्टरनेसनल र एड्भोकेसी फोरम–नेपालले एक विज्ञप्ति जारी गरी  सरकारलाई कानून कार्यान्वयनका लागि ध्यानाकर्षण गाराएको हो । नेपालले दण्डहीनताको अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने विज्ञप्तिमा जोड दिइएको छ । 

‘यातना दिने अभ्यासलाई अन्त्य गर्न र पीडितलाई न्याय, सत्य र परिपूरण सुनिश्चित गर्न आह्वान गर्दछन्’ जारी विज्ञप्तिमा भनिएको छ । 

तीन दशक अघिदेखि नेपालले यातनाविरुद्धको महासन्धि र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अभिसन्धि (आईसीसीपीआर) लाई अनुमोदन गरेको, सो अनुसार नेपाल सरकारले यातना र अन्य दुर्व्यवहारलाई पूर्ण रूपमा निषेध गर्ने कानूनी दायित्व वहन गरेको स्मरण गराउँदै एम्नेस्टीले नेपालको संविधान, २०७२ ले यातनालाई निषेध गरेको उल्लेख गरेको छ । 

यस्तै, नेपालमा २०७५ साल भाद्र १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा एम्नेस्टीले जोड दिएको छ । 

‘अपराध संहिताले यातनालाई फौजदारी अपराध बनाएको छ र पीडितलाई क्षतिपूर्तिको अतिरिक्त दोषीलाई पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ। तर कानूनबमोजिम यातनाका घटनामा अहिलेसम्म एकजनालाई पनि सजाय हुन सकेको छैन र यसले देशमा यातनाको अपराधमा व्याप्त दण्डहीनता र यस्ता घटनामा जवाफदेहिता स्थापित गर्ने सवालमा राजनीतिक इच्छाशक्तिको अभावलाई उजागर गरेको छ ।’

यातनाका धेरै घटनाहरू सार्वजनिक नहुने भएपनि गैरसरकारी संस्था एड्भोकेसी फोरम–नेपालले मुलुकी अपराध संहिता लागू भएपछि विभिन्न हिरासतमा भएका यातना र मृत्युका १०९ वटा घटनाहरूको अभिले गरेको जनाएको छ । 

यातनालाई फौजदारी अपराध बनाउनका लागिसरकारले अपनाएका उपायहरूका बाबजूद यातनासम्बन्धी आरोपहरूको अनुगमन र अनुसन्धानका लागि प्रभावकारी र स्वतन्त्र संयन्त्रको अभावले दण्डहीनतालाई बढावा दिएको एम्नेस्टीको ठहर छ । 

यसैगरी नेपालको फौजदारी कार्यविधि संहिता, २०७४ मा जाहेरी दर्ता गर्न इन्कार गर्न नपाउने विशेष प्रावधान भएपनि पीडितहरूले प्रहरी कार्यालयमै पुगेर जाहेरी दिने सवालमा धेरै ठूलो चुनौतीको सामना गर्नुपरेको एम्नेस्टीले रिपार्टमा उल्लेख गरेको छ । 

प्रहरीले यातनाको जाहेरीमा अनुसन्धान गर्न नमान्ने स्थिति, उल्टै, प्रहरीहरू प्रमाण तोडमोड गर्ने र पीडितलाई उनीहरूको बयान फिर्ता लिन बाध्य पार्ने विकल्प अपनाइरहेको भन्दै प्रहरी अधिकृतहरूले गरेको यातनाका घटनामा स्वतन्त्र अनुसन्धान नभएको प्रस्ट पारेको छ । 

‘एम्नेस्टी इन्टरनेसनल र एड्भोकेसी फोरम–नेपालले प्रहरी हिरासतमा भएका यातनाका दर्जनौं घटनाहरूको अभिलेखीकरण गरेकोमा कारागार, प्रहरीको थुनुवा कक्ष, बालसुधार गृह लगायतका नेपालका थुनुवा केन्द्रमा यातना दिइने र हिरासतमा भएका धेरैजसो मृत्युहरू पनि यातनाकै कारण भएको निष्कर्ष एम्नेस्टीको छ ।’   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार