मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं

Ujyalosandeshonline 12437+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने धारणा व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले विदेशी अध्ययनप्रति आकर्षण कम गर्न र नेपाली विद्यार्थीलाई देशमै अवसर दिन पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिए । ‘हाम्रो देशका संरचनाहरू सुधार गर्दै अघि बढेमा कम लागतमा उत्कृष्ट शिक्षा दिन सकिन्छ । यसले विदेश जाने प्रवृत्ति घटाउने मात्र होइन, विदेशी विद्यार्थीसमेत भित्र्याएर पर्यटन र अर्थतन्त्रमा टेवा पु¥याउन सक्छ,’ उनले भने । 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलियाले आफ्नै स्रोतमा अस्पताल निर्माण सुरु गरिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा १२ करोड चार लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो, जुन २०८३ सालको पुस महिनासम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ । अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न ४३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

उपकुलपति थपलियाले पहिलो चरणको काम पूरा भएपछि थप संरचनाहरू विस्तार गर्दै शिक्षण अस्पतालको स्तर उन्नति गरिने उल्लेख गरेका छन् । उनले यो अस्पताल निर्माणले पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार