मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पोखरा पुम्दिकोटमा कैलाशधाम निर्माणको लागि श्रीमद्भागावत ज्ञान महायज्ञको तयारी

Ujyalosandeshonline 12437+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

पोखरा । पोखरा २२ पुम्दीकोटमा कैलाशधाम निर्माणको लागि पुम्दीकोट कोट विकास समितिले श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री महिमा २०८१ गर्न लागेको छ । आउने फागुन सात गतेदेखि १५ गतेसम्म संचालन हुने उक्त महायज्ञमा अन्तर्राष्ट्रिय पुराण बाचक राधिका दासीले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकको बसाइ लम्बाउन तथा विशाल महादेवको मूर्तिमा लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने संरचना निर्माण गर्न उक्त महायज्ञ आयोजना गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

अध्यक्ष बरालले भने, ‘महायज्ञबाट संकलित रकमबाट साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीला सहितको वृत्तचित्र प्रस्तुतिका लागि आवश्यक संरचना निर्माण गरिनेछ ।’

अध्यक्ष बरालले कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि शिसाको पुल निर्माण, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यानमा इको साउन्ड नियन्त्रण लगायतका संरचनाको रणनीतिक लक्ष्य राखी महायज्ञ गर्न लागेको बताए ।

समितिले यसअघि २०७३ र २०७९ मा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव गरेर ५१ फिट अग्लो महादेवको विशाल मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, महादेव विशाल क्षेत्र कुण्ड (गंगापोखरी) १०८ स्वर्गद्वारी सिंढी, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, अन्तर्राष्ट्रिय ध्यान केन्द्र लगायतका संरचना निर्माण भइसकेका छन् ।

अब गर्ने ज्ञान महायज्ञबाट संकलित दानबाट प्रशासकीय भवनभन्दा तलको खाली जग्गामा हरियाली उद्यान निर्माण गर्ने लक्ष्य छ । समितिले पुम्दीकोट जाने मुख्य प्रवेशद्धारको रुपमा रहेको छोरेपाटन, फलेटे र तिलाहार लगायतका स्थानमा शिवधामको झल्को दिलाउने कलात्मक प्रवेशद्वार निर्माण गर्ने योजना अगाडि सारेको छ ।

महायज्ञको दानबाट संकलित रकमबाट शान्तिस्तूप, पुम्दीकोट, फाल्हाल्ने पोखरी, देउराली मन्दिर हुँदै भुम्दीकोट भएर थाप्ले टाइगर हिलसम्म धार्मिक पर्यटकीय पदमाग निर्माण गर्ने अध्यक्ष बरालले जनाए ।

‘समृद्धि, विकास, बेरोजगार र विदेश पलायन हुनेहरुको लागि निकास’ भन्ने दीर्घकालीन लक्ष्यसहित गर्न लागेको महायज्ञले ऐतिहासिक एवं धार्मिक महत्वको पुम्दीभुम्दी क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको छ ।

महायज्ञबाट संकलित दानबाट मूल मूर्तिको मर्मत सम्भार लगायतका अधुरा कामलाई सम्पन्न गर्नुका अलवा पुम्दीकोट कोट विकास समितिको संशोधित विधान २०८१ ले तय गरेका उद्देश्यलाई योजनाबद्ध ढंगले काम गर्ने योजना अगाडि सारिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार