मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |
मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |


निर्वाचन, श्रम ऐनलगायत विभेदकारी व्यवस्था विरुद्ध अदालत जान्छौं : पन्त

Ujyalosandeshonline 12437+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरूमाथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन् ।

‘धेरै स्ट्रगल गरिरहेका छौँ,बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन्,’समुदायका सदस्यहरूले भने,‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ । लाञ्छना लगाउनेलाई राज्य विरुद्धको भेदभावमा कारबाही हुनुपर्छ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले सिंहदरबार अगाडि आफ्नै कार्यालयमा गरेको छलफलमा सहभागीहरूले लाञ्छना लगाउनेमाथि कडा कारबाही हुनु पर्ने माग गरेका हुन् ।

मायाको पहिचान नेपालले शिक्षा, स्वास्थ्य, रोजगार, वैवाहिक अधिकारमा समान पहुँच स्थापित गर्न बहस पैरवी गर्ने बताएको छ । ‘समुदायका साथीहरूबाट महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। यसले मायाको पहिचान नेपाललाई थप उत्साहित बनाएको छ,’मायाको पहिचान नेपालले भनेको छ,‘समुदायका साथीहरूसँगै हामी सरकारको नीति निर्माण, कानुन निर्माण, सरकारी र निजी क्षेत्रको रोजगारीमा जारी विभेद अन्त्य गर्न, शिक्षा, स्वास्थ्यमा समान पहुँच स्थापित गर्न हातेमालो गर्दै अगाडि बढ्नेछौ ।’

एसियाका पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले समुदायको कानुनी अधिकार सुनिश्चित गर्दै जीविकोपार्जनका कार्यक्रममा लाग्नुपर्ने बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेशी आरक्षणको व्यवस्था गर्न पन्तले माग गरे ।

उनले लुम्बिनी प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि १ प्रतिशत आरक्षणको व्यवस्था गर्नु सकारात्मक भएको बताउँदै सरकार र निजी क्षेत्रले हरेक ठाउँमा यो समुदायका व्यक्तिलाई आरक्षण दिनुपर्ने उल्लेख गरे ।

संविधानको धारा ४२ कार्यान्वयन गर्न पन्तले सरकारसँग आग्रह गरे। उनले नीति, नियम बनाउने ठाउँमा समुदायको प्रतिनिधित्व हुनै पर्ने बताए । ‘कानुन, नीति नियम बनाउने ठाउँमा समुदायको प्रतिनिधित्व छैन,’उनले भने,‘समुदायको प्रतिनिधित्व भएमा विभेदकारी कानुन, नीति नियम बन्ने थिएनन् ।’

उनले निर्वाचन ऐन नै विभेदकारी रहेको बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई तालिम दिएर पूर्णकालीन राजनीतिमा लगाउने अभियान सञ्चालन गर्ने उनले बताए। निर्वाचन ऐन, श्रम ऐनमा विभेदकारी व्यवस्था हटाउन अदालतमा रिट दायर गर्ने पन्तले बताए।

राजनीतिमा आबद्ध भएर नीति निर्माण तहमा पु¥याउने अभियानमा सहभागी हुनु पन्तले समुदायलाई सुझाव दिए । ‘श्रम ऐनमा त्यस्तै छ, महिला र पुरुष मात्र श्रमिक हुन भन्ने छ,’उनले भने,‘बल्ल बल्ल काम पाए पनि तेस्रोलिंगी भएको थाहा पाए पछि तलब नै नदिई हटाउने गरिएको छ, जुन विभेदकारी छ ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कार्यक्षेत्रमा हुने भेदभाव पनि कायम नै रहेको बताए। मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले गौशालाको एक होटेलमा काम गर्दाको पीडा सुनाइन । उनले काम लगाउनेले तलब नै नदिएको बताइन । ‘पहिला त आफैँ भित्र गुम्सिएर बस्नु परेको थियो। बल्लबल्ल काम पाएको थिए,’उनले भनिन्,‘तेस्रोलिंगी भएको थाहा पाए पछि तलब नै दिएन।’

मायाको पहिचान नेपालले कार्यक्षेत्रमा हुने भेदभाव विरुद्ध निजी कम्पनीहरूसँग पनि कुरा गर्ने बताएको छ। क्षमता अभिवृद्धिका लागि तालिम दिएर रोजगारीमा लगाउनु पर्ने माग समुदायका सदस्यहरूले गरे ।

उनीहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे पाठ्यक्रममा राखेर मात्रै नहुने बताउँदै शिक्षकहरूलाई बुझाउन आवश्यक रहेको बताए । नेपालको आफ्नै मौलिक पहिचान अनुसार पाठ्यक्रममा समुदायबारे बुझाउने भाषा राख्नु पर्ने उनीहरूले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार