मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

राजावादीको प्रदर्शनबाट डराउनेवाला छैनौं : प्रचण्ड

Ujyalosandeshonline 11564+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो राजावादीले गरेको वृहत प्रदर्शनले आफूहरु नडगमगाएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा उनले पत्रकारहरुले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए ।

उत्तरमा उनले भने,‘ हिजोको प्रर्दशनले केही हल्लाको छैन् । डराउनेवाला पनि छैनौं । त्यत्रो लडाइकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा ।’

उनले जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे ।

साथै उनले सरकार  सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत हुँदा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको पनि आरोप लगाए ।

उनले भने,‘यसको जिम्मेवारी सरकारले लिनै पर्छ । सरकार जुन ढंगले बोल्यो जनतामा निराशा र आक्रोस् छ । जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन सकेको छैन । सेटिङमा आफ्ना मान्छे भर्ति गर्ने नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत भएको हुनाले जनतामा निकै ठूलो निराशा छ । त्यसैले गर्दा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको जस्तो देखिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै