मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

जगर्श द्धारा रक्तदान एवं मृगौला बिरामीलाई सहयोग

Ujyalosandeshonline 12433+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

भैरहवा । स्वास्थ्यको लागि हिङाइ भन्ने उद्देश्य राख्दै आएको भैरहवाको परोपकारी सस्था जगर्श ग्रुपले रक्तदान कार्यक्रम तथा मृगौला बिरामीलाई सहयोग प्रदान गरेको छ । जगर्श ग्रुपको भैरहवा बुद्धचोक स्थित सचिवालयमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गर्दा ३६ प्वाइन्ट रगत सङ्कलन भएको रक्तदान कार्यक्रमका संयोजक रमेश घिमिरेले बताए । 

रक्तदान कार्यक्रममा १० जना भन्दा बढी युबतीहरुले समेत रक्तदान गरेको संयोजक घिमिरेले जनाए । 

शनिबार बजारमा बिहानै देखि धेरै कार्यक्रमहरू भयता पनि रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेको र महिला दिदीबहीनीहरू समेत उल्लेख्य आएको जगर्श ग्रुप भैरहवाका अध्यक्ष प्रियबन्धु न्यौपानेले बताए । रक्तदान कार्यक्रममै बि पोजिटिभ रक्त समुहको रगत आवश्यक भएका एक बिरामीका आफन्तले रक्तदान स्थलमै आएर रगत लिई बिरामी उपचार रहेको अस्पतालमा गएका थिए । 

बजारमा अहिले रगतको आवश्यकता धेरै रहेको हुँदा सङ्घसंस्थाहरूले रक्तदान जस्तो अमूल्य कार्य गर्नु पर्ने जगर्श ग्रुपका संस्थापक अध्यक्ष अनिल उपाध्यायले बताए । सङ्कलित सबै रगत रक्तदान कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी, रक्त सन्चार केन्द्र युनिभर्सल मेडिकल कलेज भैरहवालाई हस्तान्तरण गरिएको थियो । 

रक्तदाता सबैलाई रक्तदान गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा दुबै मिर्गौला खराब भई लामो समय देखि बुटवलमा डाइलासिस गराउँदै आएका सियारी गाउपालिका वडा नम्बर ५ का ३६ वर्षीय सुदर्शन खनाललाई ११ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । खनाललाई जगर्श ग्रुपका संस्थापक एवं संरक्षक हरीचन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष अनिल उपाध्याय, जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपाने, उपाध्यक्ष थिरेन्द्र कुमार श्रेष्ठ, सचिव अनिल न्यौपानेले सहयोग हस्तान्तरण गर्दै शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै उच्च मनोबल सहित उपचारमा रहन बताएका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार