मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पाल्पामा बैंक तथा वित्तीय संस्थाहरुसँग प्रहरीको सुरक्षा अन्तरक्रिया सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
२ पौष २०८२, बुधवार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले सदरमुकाम तानसेनस्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग शान्ति सुरक्षा र समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा तानसेन नगरपालिका भित्र सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले वित्तीय संस्थाहरू सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील हुने भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरी र वित्तीय संस्थाहरू बिचको समन्वय बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

प्रहरी उपरीक्षक थारुले बैंक तथा वित्तीय संस्थाहरूमा सीसीटीभी (CCTV) क्यामेराको गुणस्तर र कभरेज बढाउन, सुरक्षा गार्डहरूलाई चनाखो राख्न तथा कुनै पनि शंकास्पद गतिविधि वा व्यक्ति देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो। साथै, उहाँले पछिल्लो समय देखिने साइबर अपराध र बैंकिङ कसुरका विषयमा पनि सचेत रहन सुझाव दिनुभयो।

कार्यक्रममा सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले आ-आफ्नो संस्थामा रहेका सुरक्षा चुनौतीबारे प्रहरी प्रमुखलाई अवगत गराएका थिए। आपसी छलफल र समन्वयबाट वित्तीय क्षेत्रको सुरक्षालाई थप प्रभावकारी बनाउने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार