मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

रौतहट प्रहरीको ६ महिना : चोरी निकासीतर्फ दुई करोड ४२ लाख बढी संकलन

Ujyalosandeshonline 12450+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

रौतहट । रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छौट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । 

गत साउनदेखि पुससम्मको सार्वजनिक गरिएको प्रगती विवरण अनुसार जबरजस्ती करणीको लागूऔषधको १५ वटा मुुद्दा दर्ता भएकोमा १४ वटा फर्छौट भएको उल्लेख छ  ।

लागूऔषधको आ.व. २०८०।८१ मा ११ वटा मुद्दा दर्ता भएकोमा १० वटा फर्छौट भएको सार्वजनिक गरिएको विवरणमा छ । कर्तब्य ज्यानका ४ वटा मुुद्दा दर्ता भएकोमा २ वटा फर्छौट गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए । उनका अनुसार चोरी सम्बन्धि ३८ वटा मुुद्दा दर्ता भएकोमा ३८ वटै फर्छौट भएको छ ।

हात हतियार खरखजाना सम्बन्धि ६ वटा मुुद्दा दर्ता भएकोमा ५ वटा फर्छौट भइसकेको उनले जानकारी दिए । आर्थिक वर्ष २०८१÷०८२ को पुससम्म मुद्रा सम्बन्धि ४ वटा मुुद्दा दर्ता भएकोमा सबै फर्छौट भएको उनको भनाइ छ । यस आर्थिक वर्षको पुससम्म ६८ लाख २४ हजार ५ सय ट्राफिक प्रहरीले राजस्व संकलन गर्न सकेको छ । 

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा २ सय ६४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । भन्सार चोरी निकासीतर्फ साइकल १४,मोटरसाइकल १ सय ८, पिकअप २, स्कार्पियो २, सिटी रिक्सा ४ लाई कारवाही गरि २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार