मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

शान्ति म्याराथन उपाधि आर्मीका रोकायलाई

रासस 695+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

लुम्बिनी । लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायले हात पारेका छन्। उनले ४२ किलोमिटरको दुरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन् । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावास र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै शुशिल कुमार शाहीले २ घन्टा १८ मिनेट १६ सेकेन्डमा दौड पूरा गरी हात पारेका छन् ।

तेस्रो स्थान आर्मीका धावक नरेन्द्र सिंह राउतले प्राप्त गरेका छन्। प्रतियोगिताको चौथो स्थान चिनियाँ धावक वाङ चीले २ घन्टा २१ मिनेट ५ सेकेन्डमा, पाँचौं स्थान केन्याका धावक जुलियस मुुरेयुकी वाहमले २ घन्टा २३ मिनेटमा दौड पूरा गरी प्राप्त गरेका छन्। २१ किलोमिटर हाफ म्याराथनमा पहिलो स्थान त्रिभुवन आर्मीकी पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा १७ मिनेट १० सेकेन्डमा, दोस्रो स्थान धादिङकी सन्तोषी श्रेष्ठले १ घन्टा १८ मिनेट ४० सेकेन्डमा, तेस्रो स्थान आर्मीकी निशा सार्किले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा हासिल गरेकी छन्। चौथो स्थान आर्मीकी सुनसरी रोकायाले १ घन्टा २१ मिनेट ४६ सेकेन्डमा, पाँचौं स्थान चिनियाँ धाविका रुवान सियाङले १ घन्टा २२ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेकी छन्।

प्रतियोगिताका प्रथम हुनेलाई रु ३ लाख ५० हजार, दोस्रो हुनेलाई रु २ लाख ५० हजार र तेस्रो हुनेलाई रु १ लाख ५० हजार पुरस्कार प्रदान गरिएको थियो। त्यसअघि नेपालका लागि चीनका  राजदूत चाङ माओमिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनलगायतले पाँच किलोमिटरको ‘वाकथ्रु’ कार्यक्रमको उद्घाटन  गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार