मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

Ujyalosandeshonline 12437+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए ।

उनले भने, ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ । सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्व दिएको छ । आइसीसीबाट पनि महत्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार