हत्यामा संलग्न दुई जना पक्राउ

Ujyalosandeshonline 11539+ समाचार ( )
२८ पौष २०८२, सोमबार

सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा  संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही पुस ८ गते राति बुढाथोकीको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको अभियोगमा  तिनपाटन गाउँपालिका–३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार