मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

ओखलढुंगामा आफ्नै सन्तानलाई चरम अमानविय यातना दिने बुबा पक्राउ

Ujyalosandeshonline 12438+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

ओखलढुंगा । ओखलढुंगामा आफ्नै छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ का ४३ वर्षिय फुरिञ्जी शेर्पाले छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले आफ्नै चार र छ वर्षिय छोरालाई अमानविय चरम यातना दिने गरेको स्थानियले बताएका छन् । गाउँ देखी एकान्तमा घर भएको शेर्पाले लामो समय देखी छोराहरुलाई यातना दिने गरेको रहस्य बाहिरिएको छ ।

शेर्पाले छोराहरुलाई कुटपिट गर्नुका साथै खर्कुडोमा हाली पानी सँगै उमाल्ने, डोरीले बाधेँर उधो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । 

शेर्पाकी श्रीमती रोजगारीका लागि अहिले साईप्रसमा छिन् । नेपालमा हुँदा आफुलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पाले बताईन् । आफुलाई रिस देखाउन छोराहरुलाई यातना दिएर भिडियो खिचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साईप्रसबाट शेर्पाले बताएकी छन् ।

शेर्पाले श्रीमान विरुद्ध कडा कारबाहिको माग गरेकी छिन् । शेर्पाका चार सन्तान मध्ये करिब नौ वर्ष देखी एउटा बच्चा वेपत्ता रहेको स्थानियले बताएका छन् ।

शेर्पाले छोराहरुलाई चरम यातना दिएको वडा अध्यक्ष ङवाङफुरी शेर्पाले पुष्टि गरेका छन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाईएको र छोराहरुको उद्धार गरि स्वास्थ्य परिक्षण गराइएको वडा अध्यक्ष शेर्पाले जानकारी दिएका छन ।  

आफ्नै सन्तानलाई चरम यातना दिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छ्न  ।  घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार