मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

हिंसाविरुद्ध सचेतना जगाउन ओमसतियामा सडक नाटक प्रदर्शन

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाको आयोजनामा ओमसतियाको वडा नम्बर ४ स्थित श्री बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालयमा शुुक्रबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । 

लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुुक्रबार सडक नाटक प्रदर्शन गरिएको हो । कलाकारहरुले आफ्नै घरमा पनि महिला हिंसा गर्न नपाइने र गरेमा कारवाही मात्र होइन समाजमै बदनाम हुने अवस्था आउने लगायतका विषयमा समुदायलाई सचेत बनाउने गरी सडक नाटक प्रदर्शन गरेका थिए । 

त्यसै गरी विद्यार्थीले लागूऔषध सेवन गर्दाको परिणाम, बालविवाह गर्दा हुने दीर्घकालीन स्वास्थ्य असर, बहुविवाह गर्दा कानूनी दण्डको व्यवस्था र जरिवाना लगायतका विषयमा मूख्य कलाकार शूरबीर पण्डित लगायतका कलाकारले नाटकमार्फत सन्देश दिएका छन् ।

सडक नाटककै अवसरमा मन्तव्य व्यक्त गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुुमार यादव सोनुुले समय परिस्थति अनुसार हामीले गर्न हुने र नहुने विषयमा सडक नाटकमार्फत सिकेको बताउँदै सडक नाटकबाट पाएको शिक्षा घर व्यवहारमा लागू गर्न अनुरोध गरे । उनले सबै प्रकारका हिंसाबाट गाउँपालिकालाई मुक्त गर्ने अभियानमा ओमसतियामा बसोबास गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र नागरिक सवैको साझा दायित्व भएको बताए ।

कार्यक्रममा ओमसतिया वडा नम्बर ४ वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेय , शिक्षकशिक्षिका ,विद्यार्थी , विद्यालय व्यवस्थापन समिती पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । 

‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा शनिबारदेखि सुरु भएको हो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार