मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कोटीहोमका लागि जम्मा गरिएका बर–पिपलका काठ जफत

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ माघ २०८१, बुधवार

पोखरा । पोखरा महानगरपालिकाले कोटिहोमका लागि भन्दै अबैध तरीकाले महानगर क्षेत्रमा काटिएको बरपिपलका दाउरा जफत गरेको छ । लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा बुधबार महानगरले जफत गरेको हो ।

मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरे जफत गरेको छ । मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो ।

यता मानव सेवा फाउन्डेशनले आगामी चैत १७ गते देखि ४५ दिन लामो कोटिहोम लगाउने भन्दै पोखरा महानगर क्षेत्रभित्रका ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण ठानिएका बरपिपलका अबैध तरीकाले काटे पछि पोखरामा तरंग उत्पन्न भएको छ।  

पोखराका स्थानीय बासिन्दा, सामाजिक अभियन्ता एबम वातावरणविद, र धार्मिक व्यक्तित्वहरु सबै पोखरा महानगरपालिकाको क्षेत्र भित्र पर्ने ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण बरपिपल काट्ने जो कोहि भए पनि कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्नेमा एक मत देखिएका छन्। तर धार्मिक संघ –संस्थामा आबद्ध व्यक्तिहरुले कोटिहोम लगाउदा पोखरामा धार्मिक पर्यटक बढ्ने र यहाँको पर्यटन का बारेमा ब्यापक प्रचार – प्रसार हुने भएकाले प्रक्रिया पुर्याएर भए पनि मानव सेवा फाउन्डेशन वा अन्य जो कोही संघ – संस्थालाई पोखरामा कोटीहोम गर्न दिनुपर्नेमा उभिएका छन्।  

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम गर्न कोहि कसैले महानगरबाट स्वीकृति नलिएको जानकारी दिंदै स्वीकृत नलेइको अवस्थामा कोटीहोम गर्ने नदिने स्पस्ट पारेका छन्। उनले अनधिकृत रुप्मना बरपिपलका रुख काट्नेलाई कानूनको दायरामा ल्याइने बताए।  

पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलका प्रमुख प्रहरी निरिक्ष्क पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेशनले महानगरसंग स्वीकृति नलिई पोखरा १४, १३ र ६ मा बरपिपलका रुख काटेर थुपारेकाले जफत गरिएको जानकारी दिए।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार