मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा रहेको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । मर्चवारी गाउँपालिका-५ स्थित उक्त सहकारीबाट रातिको समयमा चोरी भएको सहकारीका व्यवस्थापक दिनेश मौर्यले जानकारी दिए । उनका अनुसार सहकारीबाट करिब २३ लाख रुपैयाँ चोरी भएको छ ।
घटनाको जानकारी पश्चात अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय मझगाँवाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए । ‘सहकारीको सिसिटीभी फुटेजमा राती करिब १२ बजे दुई जना व्यक्तिले ताल्चा तोडेर भित्र प्रवेश गरेको देखिएको छ’, उनले भने, ‘चोरी भएको निश्चित रकम एकिन भएको छैन । हामी घटनाको अनुसन्धान गरिरहेका छौँ । छिट्टै सबै विषय खुल्नेछ ।’