मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता नगर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल मेडिकल कलेजको २५ औं वार्षिकोत्सव समारोहमा उनले उपचार पद्धतीमा गुणस्तरको कुरा आउन नहुने भन्दै गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरि यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्विकृती दिनुपर्ने बताए । 

उनले भने, ‘खासगरि स्वास्थ्यमा गुणस्तरियता भन्ने शब्द प्रयोग गर्नै नपर्ने हो । स्वास्थ्य गुणस्तरहिन हुनै सक्दैँन् । हामी गुणस्तरिय औषधी भन्छौ, गुणस्तरहिन औषधी कस्तो हुन्छ पिठोको डल्लो, त्यसकारण यो हाम्रो भाष्य जुन छ यो धेरै दर्दनाक छ । स्वास्थ्य कहिले पनि गुणस्तरहिन हुन सक्दैँन् । उपचार पद्धतीमा नै गुणस्तरको कुरा गर्नुपर्ने अवस्था भएपछि यहाँ समस्या छ भन्ने कुरा बुझ्नु पर्छ । त्यसकारण गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरि यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्विकृती दिनुपर्छ ।’

यसको साथै, उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएपनि नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन नसकेको बताए । उनले भने, ‘हामी थुप्रै राजनीतिक दलले समाजवादको कुरा गर्छौ । आम नागरिकले उपचारमा सर्वसुलभता, सन्तुष्ट हुन पाउने गरि उपचार सेवा, सस्तो र नसक्नेले निशूल्क सेवा लिन सक्ने अवस्था बनेको छ त यस्ता ठूला संरचनाहरु बनेको छ, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ । तर नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन सकेको छैन् । यसको लागि मैले भन्दै आएको कुरा बिमालाई व्यवस्थित गरौं ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार