मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘महासमिति बैठक कर्मकाण्डी मात्र नबनोस’

Ujyalosandeshonline 11564+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य एवं युवा नेता भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेस महासमितिको बैठक बैठकका लागि मात्र बन्न नहुने बताएका छन् ।

शुक्रबार महासमिति बैठकका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै नेता शाहीले महासमिति बैठक सभापति, उपसभापति र महामन्त्रीहरुले प्रतिवेदन पढेर सक्ने बैठक बन्न नहुने बताए ।

उनले भने,‘ललितपुरको गोदावरीमा आउँदो फगुन ७ गतेदेखि सुरु हुँदैछ । म पार्टी पदाधिकारीलाई आग्रह गर्न चाहन्छु, यो महासमिति बैठकमा सभापति, उपसभापति, महामन्त्रीहरुले प्रतिवेदन पढेर सुनाउने कर्मकाण्डी बैठक नबनोस् ।’

महासमिति बैठकले राष्ट्रिय विषय तथा जनताका समस्याहरु सम्बोधन गर्नसक्नुपर्ने नेता शाहीले बताए ।

उनले अघि भने, ‘आज देश कता गइरहेको छ । आम नेपाली जनताको चासोको विषयमा बहस भएन भने देशभरीबाट उठेका प्रश्नका जवाफ बैठकले दिन सकेन भने महासमितिको कुनै अर्थ रहदैन् ।’

पार्टीका नेताहरु देश र जनताको सवालहरुमा अझै गम्भीर बन्न जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार