मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ अशोज २०८३, शुक्रबार

रौतहट । शसस्त्र प्रहरी बलले बौधीमाई नगरपालिका–७ स्थित बङ्कुल भन्सारसँगैको धानखेत क्षेत्रबाट मदिरामा प्रयोग हुने एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर आज बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक अचुत सुबेदीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्तःशुल्क स्टिकर सीमा नजिक धानखेतबाट बरामद गरेको हो ।

टोली प्रमुख सुवेदीले आज अपराह्न सामानसहितको कार्टुन टाउकोमा राखी नेपालतर्फ आउँदै गरेका दुई व्यक्ति गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ कार्टुन फाली भारततर्फ भागेको बताउनुभयो । सीमा क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न ती व्यक्तिले फालेको कार्टुनभित्र उक्त परिमाणको स्टिकर भेटिएको उहाँले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका अनुसार छ वटा रोलसहितको बरामद स्टिकर नेपाल सरकार आन्तरिक राजस्व विभागबाट जारी गरिने जस्तै ५० युपी १८० एमएल क्षमताको मदिराजन्य बोतलमा टाँस गर्न प्रयोग हुने किसिमको छ । 

बरामद स्टिकरका बारेमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाउने प्रक्रिया अघिबढेको सशस्त्र प्रहरीले जनाएको छ । गौर भन्सार कार्यालयका अनुसार  ५० यूपी १८० एमएल मदिरामा प्रतिस्टिकर ८८ रुपैयाँ २० पैसा अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था रहेको छ । बरामद भएका सबै स्टिकर अवैध रूपमा मदिराका बोतलमा प्रयोग भएको भए मुलुकको राजश्वमा रु एक करोड पाँच लाख ८४ हजार बराबरको नोक्सानी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । रौतहट जिल्लाका सशस्त्र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक चेतराज जोशीले स्टिकर बरामदसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको र सामान छोडी भाग्ने दुई जनाको खोजीका लागि भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार