मुख्य समाचार
रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता | पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी |

प्रधानमन्त्री कप क्रिकेट :
प्रधानमन्त्री कपमा आज दुई खेल हुदै

Ujyalosandeshonline 11168+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

भैरहवा । जारी प्रधामन्त्री कप क्रिकेट प्रतियोगितामा आज शुक्रबार २ खेल हुदै छ । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा प्रतियोगिताको १४ औं खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बिच हुदैछ भने १५ औ खेल दाङ्ग लमहीको देउखुरी क्रिकेट रङ्गशालामा शसस्त्र प्रहरी बल क्लब र नेपाल पुलिस क्लब बिच हुनेछ । 

आज भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कुनै खेल नरहेको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ्गले जानकारी दिए । दुबै खेल बिहान ९ बजे देखि सुरु हुनेछ । 

अहिले सम्म २ खेल खेलेको बागमती प्रदेश २ वटैमा पराजय ब्यहोर्दै शून्य अंक सहित अंक तालिकामा ९ औं स्थानमा रहेका छ भने ३ खेलमा १ वटा जित र २ पराजय सहित सुदूरपश्चिम अंकतालिकामा ७ औं स्थानमा रहेको छ । आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहनेछ । बागमती पहिलो जितको खोजीमा रहेको छ भने चौथो खेल खेलिरहेको सुदूर अंक जोड्दै प्रतियोगितामा आफ्नो दावी कायम राख्न प्रयासरत् हुनेछ । 

यसै गरि अहिले सम्म अपराजित रहेको शसस्त्र प्रहरी बल क्लबले २ खेलमध्ये दुबैमा जित निकाल्दै प्रतियोगिताको अंकतालिकामा दोश्रो स्थानमा रहेको छ भने नेपाल पुलिस क्लबले पनि २ मा २ जित सहित अंकतालिकामा तेश्रो स्थानमा रहेको छ । यी दुबै टोली आज जित निकाल्दै पहिलो स्थानमा कब्जा गर्ने उद्देश्यका साथ खेल्दैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार