मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारमा निरन्तर पहल भइरहेको छ : परराष्ट्रमन्त्री

Ujyalosandeshonline 11169+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् । 

प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताईन् । 

उनले भनिन्,‘अहिले रसियामा पररष्ट्र मन्त्रालयल ेत्यती सक्रिय भएर काम गर्न सकेको रहेन छ । यो युद्धको कारणले गर्दा, र हाम्रो नेपालको रुसमा रहेको राजदूतावास मार्फत पहल गर्नुपर्छ भनेर यो भन्दा अगाडिको मन्त्रीहरुलाई पनि उहाँहरुलाई जानकारी दिएको र त्यही अनुरुप हाम्रो राजदूतावासले कुराहरु गरिरहेको छ । निरन्तर पहल भइरहेको छ । नेपालीहरु जो रसियन सेनामा छन्, ३२१ जनाको मात्र रेकर्ड छ । त्यो भन्दा बढि पनि छ भन्ने छ तर हामी सँग रेकर्ड छैन् ।’

उनका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हाल सम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डीएनए परीक्षणका लागि दिइएको छ । हाल सम्म युक्रेनमा युद्धबन्दी ६ जना रहेका छन् ।

यस्तै, घाइते भई उपचाररत रहेका व्यक्तिको संख्या ५ जना छ भने त्यसमध्ये एक जनाफर्कि सकेको छ । मस्को स्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ ।

हाल सम्म उद्धारका लागि निवेदन परेको ३२३ जना छन् भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेका छन् ।

यसको साथै, विपिन जोशीको उद्धारको लागि नेपाल सरकारले सुरु देखि नै उच्च स्तरी तहमादुई पक्षिय र बहु पक्षिय कूटनीतिक पहल निरन्तर रुपमा गरिरहेको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार