मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

ठुलो मात्रामा अबैध लागू औषध सहित पोखराबाट एक जना डिलर पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामालागू औषध सहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ठुलो मात्रामा लागू औषध सहित माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलु माइला चोकबाट पक्राउ गरेको हो ।

आलु माइला चोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषध सहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आलुमाइला चोकमा पक्राउ पर्दा स्कुटरमा लुकाई छिपाई राखेको  Tapentadol Tablets 100 m g नामको अबैध लागू औषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुबेदीको घरकोठाबाट दुई वटा कार्टुन र एउटा जेब्रा झोलामा लुकाई छिपाई राखेको Tentadol–100mg लेखिएको लागू औषध १७ हजार सातसय ८० चक्की र निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोहि नामको अबैध लागू औषधदुई सय चक्की र Tramol–50mg  लेखिएको लागू औषध चारसय ६० चक्की बरामद गरिएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त सुबेदी बिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्यादथप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको । प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार