मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

नेपालका एक लाख उद्यमीलाई मोटिभेसनल तालिम दिइने

Ujyalosandeshonline 11171+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं । आन्टरप्रेनर्स क्लब ग्लोबलले नेपालका एक लाख उद्यमीहरुलाई मोटिभेसनल तालिम दिने भएको छ । 

काठमाडौमा आयोजित एक कार्यक्रममा आन्टरप्रेनर्स क्लब ग्लोबलले सो जानकारी दिएको हो । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज अन्तर्गत नोभेम्बर सिरिजको सो कार्यक्रम भएको आन्टरप्रेनर्स क्लब ग्लोबलले जनाएको छ । 

नोभेम्बर सिरिजको उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ न्यूयोर्कका प्रोफेसर डा.राजन थपलियालाई स्पिकरको रुपमा आमन्त्रण गरिएको थियो ।

स्पिकरका रूपमा डा.राजन थपलियाले नेपाललाई एआई हबको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको धारणा व्यक्त गरे । एआइले परम्परागत प्रद्धतिलाई विस्थापित गरी नयां प्रविधिको विकास गर्दैरहेको सन्दर्भमा नेपाल जस्तो भूपरिवेष्ठित मुलुकले पनि एआइको क्षेत्रमा लिड गर्न सक्ने उनले बताए । त्यसका लागि सरकार र आन्टरप्रेनर्स दुवैको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

डा. राजन थपलिया डाटा जुपिटरका फाउन्डर सिईओ हुन् । उनले एआई विज्ञका रूपमा संयुक्त राज्य अमेरिकाको पाँचभन्दा बढी विश्वविद्यालयहरूमा भिजिटर्स प्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएका छन् ।

त्यसैगरी अर्का वक्ताका रुपमा अमेरिकामै प्रोजेक्ट म्यानेजमेन्टमा काम गरिरहेका अमर हजारियाले आफ्नो कार्यपत्र सहितको वक्तव्य प्रस्तुत गरेका थिए । आयोजक आन्टरप्रेनर्स क्लब ग्लोबलका अध्यक्ष शम्भु पोखरेलल आन्टरप्रेनर्स क्लब ग्लोबलले आन्टरप्रेनर्स हरूको सैद्धान्तिक, प्राविधिक विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।

युवाहरूमा आन्टरप्रेनर्स माइन्ड प्रस्फुटन गराउन सके युवाहरू विदेश पलायन हुने अवस्था रोक्न सकिने अध्यक्ष पोखरेलले बताए । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित सिरिज अन्तर्गत अर्को कार्यक्रम डिसेम्बर अन्त्यमा हुने आयोजकले बताएका छन् । कार्यक्रममा १०० भन्दा बढि नेपालका उद्यमीहरु सहभागी भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार