मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’

Ujyalosandeshonline 12437+ समाचार ( )
१४ माघ २०८१, सोमबार

काठमाडौं  । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ ।बुढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो केन्द्रको आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालललायतले शुभारम्भ गरेका हुन् ।

उक्त ‘सी व्यापार केन्द्र’ को शुभारम्भ गर्दै अध्यक्ष नेपालले श्रम संस्कृतिको विकासबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । नेकपाले थालेको उत्पादन र व्यापारको सुरुवात प्रंशसनीय रहेको उल्लेख गर्दै उनले स्थानीय उत्पादनको गुणस्तर सुनिश्चिततामा ध्यान दिन आग्रह गरे ।

उनले भने, ‘श्रम संस्कृतिको विकासबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने छ  । नेकपाले थालेको उत्पादन र व्यापारको सुरुवात प्रंशसनीय छ । स्थानीय उत्पादनको गुणस्तर सुनिश्चिततामा ध्यान दिन म सबैलाई आग्रह समेत गर्न चाहन्छु । हाम्रो  देशमा यस्ता सम्पदाहरु छन् जसको राम्रोसँग सम्वद्र्धन गर्न सकियो भने मुलुक आत्म निर्भर हुन सक्छ । यति धेरै सम्पदा हुँदा पनि हामी आयातमुखी देशको  रुपमा परिचित भएका छौं ।’

साथै उनले कृषिसँग जोडिएका थुप्रै वस्तुहरु समेत आयात गनुपर्ने अवस्था रहेको बताए । यसैगरी उक्त कार्यक्रममा बोल्दै नेकपाका महासचिव नेत्र विक्रम चन्दले राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महशुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालिएको बताए । उनले अहिलेको अवस्थामा देशमा केही गर्नुपर्छ भन्ने उदेश्यसहित ‘सी व्यापार केन्द्र’ को शुभारम्भ गरिएको बताए । 

उनले भने, ‘हामीले उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महसुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालेका हौं ।  अहिलेको अवस्थामा देशमा केही गर्नुपर्छ भन्ने उदेश्ले समेत राजनीतिसँगै व्यापारलाई पनि अगाडि बढाएका हौं । जनतालाई राजनीतिक तरिका मात्र मन परेन त्यहीँ भएर  पनि जनताको लागि भनेर हामीले तरिका परिवर्तन गरेर उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालेका हौं ।’

‘सी व्यापार केन्द्र’ मा विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दूग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार