मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : दीपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी, गोविन्द बिष्टलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

Ujyalosandeshonline 11171+ समाचार ( )
१४ असार २०८१, बिहीबार

धनगढी । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा भएको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । 

क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारात्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए । कबड्डीकी बडुसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना परेकी थिइन् । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले ३५÷३५ हजार प्राप्त गरेका छन् । 

कबड्डीका बिष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन् । वर्ष प्रशिक्षक विधामा भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । यो विधाका उत्कृष्ट भएका प्रशिक्षकले ३० हजार प्राप्त गरे । 

वर्ष युवा खेलाडी भारात्तोलनका हेमन्त पाल भए । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । यो विधाका बिजेताले २५ हजार प्राप्त गरे । 

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन् । यो विधामा एथलेटिक्सका आशिष महर र शारिरीक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी बिजेता भएकी छिन् । यो विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिईन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले २०÷२० हजार प्राप्त गरेका छन् । 

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्टले पाएका छन् । उनले नगद २५ हजार प्राप्त गरे । स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रुपमा पाए । उनीहरुले जनही साढे १२÷१२ हजार प्राप्त गरे । 

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विशिष्ठ अतिथिद्धय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकवहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही लगायतले बिजेता र मनोनित खेलाडीहरुलाई पुरस्कार वितरण गरे । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै