कर्णाली पुलमा फसेका १४ खच्चडमध्ये दुईवटा मरे

Ujyalosandeshonline 11543+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

कर्णाली । अछाम र दैलेख जिल्ला जोड्ने गरि बनाइको कर्णालीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर आइतबार बिहान १४ वटा खच्चड फसेका थिए । 

६० को दशकमा निर्माण गरिएको झोलुंगे पुलको पुनःनिर्माणमा उदासिन हुँदा पुलका लठ्ठा चुँडिएर सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । तर मानवीय क्षती भने हुन पाएन । उक्त पुल सुदूरपश्चिम प्रदेशलाई मुलुकका अन्य भूभागसँग जोडने माध्यम पनि हो । 

झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ । बाँकी रहेकालाई तानेर निकाल्ने प्रयास भइरहेको छ । खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको हो ।

अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको प्रहरीले जानकारी दिएको छ । लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार