चापाकोट । चापाकोट नगर क्रिकेट संघद्वारा आयोजित प्रथम वडास्तरीय ड्युज क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ। असोज ३ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा वडा नम्बर १० ले फाइनलमा वडा नम्बर ६ लाई पराजित गर्दै नगद शिल्ड र प्रमाणपत्र हात पारेको हो ।
चापाकोटस्थित गंगालाल माविको खेलमैदानमा सम्पन्न भएको यस प्रतियोगितामा चापाकोटका वडा नं ५, ६, ७, ८, ९ र १० गरी कुल ६ वटा टिमको सहभागिता रहेको थियो। सेमिफाइनलमा वडा नम्बर १० ले वडा नम्बर ७ लाई हराएको थियो भने वडा नम्बर ६ ले वडा नम्बर ५ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। चापाकोट १० का समीर पंगेनी अनुशासित खेलाडी घोषित भए भने चापाकोट ७ का आभाष ढकाल इमर्जिङ खेलाडीको उपाधि जित्न सफल भए। त्यसैगरी, बेस्ट ब्याट्सम्यानको उपाधि चापाकोट ६ का अनिस ताम्राकारले प्राप्त गरे भने चापाकोट ९ का नारायण भण्डारी बेस्ट बलर बने । प्रतियोगिताको प्लेयर अफ द सिरिजको उपाधि चापाकोट १० का विशाल कोइरालाले हात पारे।
चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीले यस प्रतियोगिताको आयोजनाले चापाकोटभित्र नयाँ खेलाडीहरू उत्पादन गर्न मद्दत पुगेको जानकारी दिनुभयो। यस प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।
Team
Team