मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको फराकिलो जित

Ujyalosandeshonline 11540+ समाचार ( )
१० माघ २०८०, बुधवार

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा कोशी प्रदेशलाई ८ विकेटले गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको हो । कोशी प्रदेशको लगातार आठौं हार हो ।

कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ३२ ओभरमा सवै विकेट गुमाएर १२३ रन बनाएको थियो ।

१२४ रनको लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिम प्रदेशले २१.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।

पहिले ब्याटिङ गर्दा कोशीका मिनास थापाल २६ रन बनाउँदा कप्तान अंकित सुवेदीले २२ रन जोडे । यसैगरी कमल खत्रीले १८ तथा फिर्दोश अन्सारीले १३ रन बनाए । सुदूरपश्चिम प्रदेशका शेर मल्लले ५ तथा विकास अग्रीले ४ विकेट लिए ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई जिताउन नरेन भट्टले नटआउट ५४ रनको अर्धशतकीय पारि खेल्दा प्रकाश पाण्डेले नटआउट ३४ रनको योगदान गरे ।

कप्तान  राजु रिजाल २१ तथा खडक बोहोरा ९ रनमा आउट भएका थिए । कोशीका फिर्दोश अन्सारीले दुवै विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार