मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पूर्वाधारको विकासमा धेरै ठूला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली

Ujyalosandeshonline 11540+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगती भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताएका हुन् । तर उनले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थिर राजनीतिका कारण बाधा पुगेको उल्लेख गरे । 

‘हामीले खासगरी कनेक्टिभिटीका क्षेत्रमा रेलवे,हवाईजहाज, सडक र विद्युत विस्तार ,सञ्चार सुविधाको विस्तार जस्ता विकासका पूर्वाधारको क्षेत्रमा निकै ठूलो प्रगती हासिल गरेका छौं,’ ओलीले भने । 

उनले नेपाल पहिले जस्तो दुर्गम नभएको भन्दै केही ठाउँ बाहेक दशभर सडक सञ्जाल विस्तार गरिएको चर्चा गरे । 

ओलीले भने, ‘यर्थाथमा नेपाल पहिला जस्तो दुर्गम देश थियो, सडकका कारण उत्पादनले बजार पाउँदैन भन्ने ठूलो गुनासो थियो । सँगै कृषि उत्पानका सामग्रीले बजार पाएन भन्ने ठूलो गुनासो थियो अहिले केहीकेही ठाउँबाहेक अन्यन्त्र त्यस्तो गुनासो आउने स्थिति छैन । अहिले हुम्लाको सिमिकोटमा पक्की बाटो जोडिएको छैन नत्र अरु सबै जिल्लामा सदरमुकाम सम्म पक्की बाटोमा जोडिएका छन् ।’

उनले देशभरका पालिकाको पक्की बाटो सदरमुकाम सम्म जोडन आफूहरुले अभियान चलाएको स्मरण गर्दै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सोही अनुसार डाक्टर,नर्स, औषधीउपचार सहितको प्रबन्ध गर्ने योजना सफल नहुनुमा अस्थिर राजनीति कारण भएको जिकिर गरे । 

ओलीले भने, ‘अस्थिर राजनीतिक स्थिति र अन्य कारणहरुले गर्दा ति कामहरु सहज रुपमा अघि बढ्न सक्दैनन्, सकेका छैनन् । कतिले बुझ्दैनन्, कतिले भत्काइदिन्छन्, कतिले रोकिदिन्छन् यस्ता खालका कुराले व्यवधान आएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार