मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

सकियो प्रहरीको लागि प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या कम गराउने स्वास्थ्य शिविर

Ujyalosandeshonline 12433+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

रामेछाप । धुलो, धुवाँ र ध्वनि प्रदूषणमा उभिएर काम गर्ने प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या कम गराउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले आयोजना गरेको तीन दिने शिविर सम्पन्न भएको छ । 

चिकित्सालयले तीनदिने योग तथा नस्यकर्म शिविर सञ्चालन गरेको हो । कार्यक्रमको आयुर्वेद वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले सहजीकरण गरेकी थिइन् ।  

लामो समयसम्म ड्युटी गर्दा श्वासप्रश्वास, कान, ढाड, कम्मर र गोडामा आउने स्वास्थ्य समस्या, तनाव व्यवस्थापन, पुनर्उर्जा प्राप्ति लगायतका विषयमा सहभागीलाई सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको थियो । 

डा. नेपालले आफ्नो शरीरलाई कस्तो बनाउने भन्ने धेरै कुरा आफ्नो हातमा भएकाले यसको व्यवस्थापनमा आफ्नै बढी भूमिका हुने बताइन् । ‘नियमित योग अभ्यास, खानपान र व्यवहारमा सुधार गर्दा धेरै रोग लाग्नबाट जोगिन्छ, रोग लागे पनि निको हुन्छ’, उनले भनिन् । 

शिविर समापन कार्यक्रममा बोल्दै रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीपकुमार सिंहले स्वास्थ्य जीवनको लागि योग अभ्यास जरुरी रहेको बताए । रातदिन ड्युटीमा खटिनु पर्ने प्रहरीको लागि त यो अझ आवश्यक रहेको उनको धारणा छ । 

‘अरू आक्रामक हुँदा हामी शान्त हुनुपर्छ, त्यसैले हाम्रो लागि यो अति जरुरी छ, योग प्रकृतिमैत्री उपचार भएकोले पनि यसको विशेष महत्त्व छ’, उनले भने । 

शिविर समापन कार्यक्रमका बोल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका अध्यक्ष नवराज पथिकले आयुर्वेद उपचार पद्धति हाम्रै ऋषिमुनीहरुले लामो अध्ययन अनुसन्धान गरेर पत्ता लगाएको उपचार पद्धति भएको बताए । साइड इफेक्ट कम हुने भएकोले पनि यसको थप महत्त्व रहेको उनले स्पष्ट पारे । कार्यक्रमका सहभागीले शिविरबाट निक्कै व्यवहारिक ज्ञान प्राप्त गरेको बताए । उनीहरूले सिकेको अभ्यासलाई नियमित प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार