मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

रोटरी क्लबले दियो बीएण्डबी हस्पिटललाई ६ डायलासिस मेशिन

Ujyalosandeshonline 12674+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

काठमाडौं । मृगौला पीडित विरामीको अवस्थालाई मध्यनजर गरेर रोटरी क्लब अफ राजधानीले बीएण्डबी हस्पिटललाई ६ वटा डायलासिस मेशिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फत ती मेशिन आएको क्लवले जनाएको छ ।

मेशिन  हस्तान्तरण समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर एवं प्लानलिड चेयर बासुदेव गोल्यान, रोटरी डिस्ट्रिक ३२९२ डिआरएफसी कुमुद त्रिपाठी, असिस्टेन्ट गभर्नर राजभाई सुवाल, एआरआरएफसी एम.के. झा तथा हस्पिटलका संस्थापक डा. अशोक बाँस्कोटा र डा. जगदिश बैद्यको उपस्थितिमा मेशिन हस्तान्तरण भएको थियो ।

अस्पतालका संस्थापक डा. जगदिश बैद्य र डा. अशोक बास्कोटाले जीवन बचाउने उपकरण प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनीहरुले भने, ‘देशैभरबाट आर्थिक रुपमा विपन्न विरामीहरु हस्पिटलमा आउने गरेका छन् । यसले डायलासिस गर्नुपर्ने विरामीहरुले निःशुल्क रुपमा लाभ लिने छन् ।’

डिआरएफसी कुमुद त्रिपाठीले संसारभरका रोटरीको योगदानबाट यो मेशिन उपलब्ध गराउन संभव भएको बताए ।

रोटरी क्लब अफ राजधानीले ग्लोबल ग्रान्ड अन्तर्गत प्रदान गरेको ६ वटा मेशिनले दैनिक १८ जना विरामीको डायलासिस् हुनेछ ।  

रोटरी क्लव अफ राजधानीबाट प्राप्त ६ वटा डायलासिस मेशिनबाट २४ घण्टा सेवा दिएको अस्पताल प्रशासनले बताएको छ । स्थानीय तहको सिफारिसको आधारमा अस्पतालले  निःशुल्क रुपमा डायलासिस सेवा उपलब्ध गराईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार