मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

‘माओवाद’ का नाममा ठगी धन्दा मौलायो ः डा.बाबुराम भट्टराई

Ujyalosandeshonline 12676+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताएका छन् । शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताए । 

उनले भने, ‘शहिद भए, बेपत्ता भए, बलिदान भए भन्ने नाममा अहिले सत्ता कसले खाइरहेको छ, त्यसको ब्याज कसले खाइरहेको छ भन्दा माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरुले खाइरहेका छन् । तीनले हिजोको जनयुद्धमाथि न्याय गरेका छैनन् । शहिद बेपत्ता भएका मान्छेको रगत र बलिदानको उचित मूल्यांकन गरेका छैनन् । त्यसैले माओवाद अहिले एउटा ब्राण्ड जस्तो मात्र भएको छ । माओवाद भन्ने ब्राण्ड प्रसिद्ध छ तर त्यसको प्रयोग गरेर ठगी धन्दा भएको छ । हामीले त्यसको विरोध गरेका छौं ।’

यस्तै, उनले भएका उपलब्धी माथि टेकेर नेपाललाई समृद्धिकरणको दिशातिर लाने भनेर पार्टी सुरु गरेपनि बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि केही कमजोरीहरु गरेको बताए ।

उनले भने, ‘भएका उपलब्धी माथि टेकेर नेपाललाई अब समृद्धिकरणको दिशातिर लाने बेला हो भनेर पार्टी सुरु गरेका थियौ । तर हामी कहाँ चुक्यौ अथवा मेरो कमजोरी कहाँ भयो भनेर समीक्षा नै भएन् । संघीय लोकतान्त्रिक गणतन्त्र पनि गुम्ने हो की भन्ने जस्तो अवस्था छ । गणतन्त्रमा टेकेर मात्र समाजवादतिर जान सकिन्छ भन्ने अर्थमा जुन गणतन्त्र ल्याइयो त्यसमा व्यक्तिगत रुपमा बाबुरामकै जोड थियो । किनभने अरुले त गणतन्त्र छाड्दै गएका थिए । र यही गणतन्त्रको रक्षाको लागि नै केही कमजोरीहरु भएको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार