मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

कर्मचारीतन्त्रमा भयंकर भ्रष्टाचार छ : नेता भुसाल

Ujyalosandeshonline 11169+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

काठमाडौं । एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले कर्मचारीतन्त्रमा भयंकर भ्रष्टाचार भएको बताएका छन् ।काठमाडौंमा मंगलबार आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले अलिकति चलाख कर्मचारीको सम्पत्ति करोडभन्दा कम नभएको भन्दै कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारको मूल कारक नै राजनीतिक नेतृत्व रहेको टिप्पणी गरे । 

उनले भने, ‘सुशासनको कुरा गर्दा कर्मचारीतन्त्रमा भयंकर भ्रष्टाचार छ । अलिकति चलाख कर्मचारी करोडभन्दा कम सम्पत्ति भएको कोही होला जस्तो मलाइ कम लाग्छ । तीन चार जनाको परिवार पाल्न अहिले कर्मचारीलाई सजिलो तरिकाले पैसा पुग्दैन । भयंकर भ्रष्टाचारले मात्र करोडौं थुप्रिन सक्छ । त्यो फोटोकपी मात्र हो, यसको मूल कपी त राजनीतिक नेतृत्व नै हो ।’ 

उनले बीपी कोइरालाले देखेका सपनाका उत्तराधिकारीहरु कांग्रेस आफैंमा लडेर सिद्धान्त नै परिवर्तन गर्न तर्फ लागेको आरोप लगाए । यसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने आधारमा मुलुकलाई नेतृत्व गर्ने विचारमा पनि समस्या छ भन्ने प्रमाणित भएको उनको भनाइ छ । 

उनले भने,‘बीपीले धेरै सपना देख्नुभयो, कहिले के देख्नुभयो कहिले के, ती देखेका एउटा एउटा सपना एउटा एउटा उत्तराधिकारी छन् । आफैं–आफंै लडेर बाहिरबाट हेर्दा सपनाका कांग्रेसले एउटा–एउटा बीपीका सपनाका उत्तराधिकारीहरु आफैंमा लडेर त्यो सिद्धान्त के बनाएका छन् थाहा छैन । यसले गर्दा यो संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने आधारमा मुलुकलाई लिड गर्ने विचारमा पनि समस्या रहेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार