मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मुगुमा अर्को निकुन्ज वा शिकार आरक्षण बनाउने तयारी

Ujyalosandeshonline 11566+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

दान बहादुर बुढा

मुगु । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुन्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लाको मुगुम कार्मारोङ्ग गाउँ पालिकामा पर्ने १२ बस्ती भित्रका केही भू–भाग समेटेर निकुन्ज वा शिकार आरक्षण कुन उपयुक्त हुन्छ सोही हिसावले काम अघि बढाउनका लागि अध्ययन गर्ने कार्यदल बनाएका हुन् ।

जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिकाले गाउँ सभाबाट निर्णय गर्दौ से फोक्सुण्डो राष्ट्रिय निकुन्जले गाउँपालिका भित्र ओघटेको भूभागसहित अन्य भूभाग समेटेर शिकार आरक्ष वा संरक्षित क्षेत्र वा राष्ट्रिय निकुन्ज बनाउन निर्णयसहितकोकागजात मन्त्रालयमा पेश गरेको मुगमकामारोङ्खगाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभास चन्द्र रावलले बताए ।

कार्यदलले अध्ययन गरेर के उपयुक्त ठान्छ सोही अनुसार मन्त्रालय प्रक्रिया अघि बढ्ने वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले बताए । से फोक्सुन्डो राष्ट्रिय निकुन्ज इ.स १९८४मा स्थापना भएको निकुञ्ज हो । यसको कुल क्षेत्रफल ३ हजार ५ सय ५५ वर्गमिटर रहेको छ । निकुन्जले पालिको ८२९ वर्ग किमी क्षेत्र ओगटेको छ ।

मुगुम कार्मारोङ्ग क्षेत्र वन्यजन्तुहरुको प्रमुख बासस्थान र आहार क्षेत्र मानिन्छ यहाँ विभिन्न जातिका वन्यजन्तुहरु पाइन्छन् । बथानका बथान वन्यजन्तु ,चराचुरुङ्खी,हिमाल ,तालतलैया,मुगु नदी ,बिभिन्न कोर्णमा सजिएका हिमालदेखिने भएकाले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यो क्षेत्रलाई खुल्ला बन्यजन्तुहरु सहजै रुपमा देख्ने गरेको पाइन्छ । नेपालकै सानो रारा राष्ट्रिय निकुन्ज पनि मुगुमै छ । 

मुगुम कार्मारोङ्ग गाउँपालिकाको केही भाग समेटेर राष्ट्रिय निकुन्ज वा शिकार आरक्षण बने जिल्लामा दुईवटा संरक्षित क्षेत्र हुनेछन् । नयाँ बन्ने निकुन्ज वा शिकार आरक्षण क्षेत्रभित्र तामाखानी र डोल्फु कर्णाली नदी पर्नेछ ।

उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी,मृग,चौरीगाई, हिम चितुवा, नाउर,थार,रतुवा डाँफे, मुनाल,कालीजलगायतका बिभिन्न प्रजातिका बन्यजन्तु र चरचचुरुङ्खी पाइन्छ । त्यस्तै विश्वका चार धाममध्ये एक धाम छाँयानाथ धाम यही क्षेत्रमा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार