मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रोहिणी गाउँपालिकाको १४ औं गाउँ सभा सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँ सभा सम्पन्न भएको छ । धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह-सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छन् । ’उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव श्री प्रसाद गौतमले विकास योजना जोडतोडका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कर्मचारी टीमले उच्च मनोबलका साथ काम गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

१४ औं गाउँसभाले कार्यपालिकाले चालू आर्थिक वर्षमा हालसम्म पारित गरेका कार्यविधि अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८०/०८१ को १३ औं गाउँसभाबाट पारित योजना/कार्यक्रम संशोधन गरी योजना/कार्यक्रम तथा बजेट थपघट एवं रकमान्तर गरी करार कर्मचारी तथा करार शिक्षकहरुको तलब व्यवस्थापन गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।

त्यस्तै गाउँसभाले गत आर्थिक वर्ष तथा दोस्रो चौमासिकको बजेट कार्यान्यवनको प्रगतिको समीक्षा गर्नुको साथै खानेपानी सम्बन्धि ऐन समेत पारित गरेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार