मुख्य समाचार
चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही |

मोहम्मद जयन्तीमा भएको फोहोर मुस्लिम युवाहरुले आफै उठाए

Ujyalosandeshonline 12455+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

भैरहवा । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जयन्तीको अवसरमा भैरहवामा आयोजित र्याली कार्यक्रममा भएको फोहोर सहभागी युवाहरुले आफै उठाएर सरसफाई गरेका छन्।

हजारौँको संख्यामा र्यालीमा सहभागी सर्वसाधरणलाई पानी, मिठाई बिस्कुट वितरण गरिएको थियो । जसक्रममा विभिन्न स्थानमा फोहोर भएको थियो । र्याली पश्चात स्थानीय मेराज खानको नेतृत्वमा र्यालीमा सहभागी युवाहरुले मिलन चोक, बुद्ध चोक, बैंक रोड लगायतस्थानमा यत्रतत्र फालिएका पानीका बोतल, मिठाइका डब्बा लगायत भएका फोहोर उठाएर सफा गरेका हुन् ।

कार्यक्रमको क्रममा बजारमा फोहोर भएपछि नगरवासीको कर्तव्य बोध गर्दै आफु युवाहरुले मिलेर फोहोर उठाएको युवा खानले बताए । ‘सहर सफा रहनपर्छ । कार्यक्रममा हामीहरुबाटै फोहोर भएपछि हामीहरुले नै सफा गर्नुपर्छ’ सिद्धार्थनगर नगरपालिका-९ का स्थानीय मेराज खानले भने, ‘साँझ वा बिहानैसम्म फोहोर सडकमै रहे राम्रो देखिदैनथ्यो । त्यसैले हामीले तत्काल सकेसम्मको फोहोर उठाएर सफा गरेका हौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार